‘होम लोन’को सीमा बढाइयो, जग्गा कारोबार बढ्ने अपेक्षा

निजी घर किन्न बैंकले दिन सक्ने ऋणको सीमा बढाइएको छ ।

आगामी आर्थिक वर्षदेखि निजी तथा आवसीय घर बनाउन तथा किन्न बैंकहरूले दिन पाउने ऋणको सीमा बढाइएको हालै जारी मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

अहिले यस्तो घर निर्माणमा २ करोड रूपैयाँसम्मको कर्जा उपलब्ध गराइएको छ। राष्ट्र बैंकले थप एक करोड कर्जा बढाएर ३ करोड रूपैयाँ पुर्‍याएको हो।

त्यस्तै, पहिलो घरका लागि सम्पत्तिको मूल्यको आधारमा दिइने कर्जा अनुपात (कर्जा मूल्य अनुपात) ८० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरिएको छ।

अन्यको हकमा भने ७० प्रतिशतसम्म दिने व्यवस्था गरिएको छ।

यसअघि यस्तो अनुपात ७० र ६० प्रतिशत थियो।

यो नीतिले घरजग्गा कारोबारमा सुधार ल्याउन सहयोग पुग्ने बताइएको छ।

Exit mobile version