बक्सको खुल्ला फुटसल, पहिलो पुरस्कार १ लाख ७० हजार

बक्स पोखराको आयोजनामा पोखरामा असार २७, २८ र २९ गते फुटसल प्रतियोगिता हुने भएको छ । ‘खेलकुद युवाको शक्ति हो’ भन्ने नाराका साथ खुला फुटसल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता आयोजना गर्न करिब ७ लाख खर्च हुने आयोजकको भनाइ छ । प्रतियोगितामा २५ देखि ३० समूहको सहभागिता रहने छ । दर्ता शुल्क ९ हजार राखिएको छ ।

आयोजकका अनुसार प्रथम हुने समुहले १ लाख ७० हजार रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोकृष्ट खेलाडीले ७ हजार ट्रफि मेडल र प्रमाणपत्र, उदीयमान खेलाडी, उच्च गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई ६ हजार बराबरको १ महिने सदस्यता प्रदान गरिने छ ।

Exit mobile version