राज्यले ओनरसिप लिईदिन पर्यो : कास्की जिल्ला टेनिस संघ

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुने भएको छ । उक्त प्रतियोगिता बारे जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा आयोजकले टेनिस खेललाई पनि अन्य खेल सरह ओनरसिप लिईदिन राज्यलाई आग्रह गरको छ ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथी भेट्रान्स उमेर सुमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

ओपनतर्फ नेपालका शिर्ष वरियताका १ प्रदिप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पत्रकार सम्मेलनमा जनाए ।

मेन्स सिंगलमा ३१ खेलाडी, उमन्स सिंगलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२ खेलाडी, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित सय बढि खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता सम्पन्न गर्न २१ लाख भन्दा बढि खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिव ८ लाख खर्च हुने थापाले पत्रकार सम्मेलनमा बताए ।

ओपन तर्फ मेन्स तथा उमेन्स सिंगल्स बिजेताले नगद ८० हजार उपबिजेताले ४० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । मेन्स तथा उमेन्स डबल्स तर्फ बिजेताले नगद ३० हजार उपबिजेताले १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।

३५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ६० हजार उपबिजेताले ३० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ३५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।

४५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ४० हजार उपबिजेताले २० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने थापाले बताए ।

प्रतियोगितामा नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आउने छन् ।
खेलाडी बन्नु नै बिडम्बना : प्रदिप खड्का
बुधबार पत्रकार सम्मेलनमा ओपनतर्फ नेपालका शिर्ष वरियताका नम्बर वान प्रदिप खड्काले खेलाडी बन्नु नै बिडम्बना भएको बताएका छन । उनले आफु ओपन तर्फ नेपालको शिर्ष वरियातामा ४ वर्ष देखि नम्बर वान भई रहदाँ पनि राज्यको कहि कतैबाट सहयोग नहुदाँ दुःख लागेको बताएका छन ।

२६ वर्षकै उमेरमा खेलाडीको सकृय जिवन लाई पार्टटाईम बनाउने सोच लिएको छु ।’ उनले भने ।

‘अन्तराष्ट्रियस्तरमा ठुलो अचिभ गरेर देशको लागि मेडल लिएर फर्कदा कतैबाट सम्मान छैन, दुःख लाग्छ ‘ त्यसैले पनि अब खेलाडीको सकृय जिवनलाई पार्टटाईम बनाउने र अन्य समय टेनिस कोचिङ गर्ने खड्काले बताए ।

Exit mobile version