टेनिस : पोखरा ओपन तथा भेट्रान्स भोलि देखि

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा यहि पुष ११ देखि पोखरामा २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स २२ औं अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता भोलिदेखि टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान लगायतबाट सय बढी खेलाडीहरुले सहभागिता जनाउने संघद्वारा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा मेन्स तथा उमेन्स सिंगल्स, डबल्स तथा विभिन्न उमेर समुह सहित विभिन्न १२ ईभेन्टमा प्रतिस्पर्धा हुने सो प्रतियोगिता संयोजक नविन चालिसेले बताए ।

उनका अनुसार ओपन तर्फ मेन्स तथा उमेन्स सिंगल्स बिजेताले नगद उप–बिजेता,सेमिफाइनलिस्टहरुले नगद सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्ने छन ।

निरन्तर रुपमा आयोजना भएको प्रतियोगिताले कास्कीको टेनिस खेललाई व्यवसायिक बनाएको आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले बताए ।

संघ कास्कीका सचिव भिष्मराज पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Exit mobile version