महानगरको शिशुवा अस्पताल व्यवस्थापन समितिमा बाबुराम

पोखरा महानगरपालिकाको एकमात्र अस्पताल शिशुवा शिशुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरिएको छ ।

महानगरका मेयर धनराज आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा सञ्चालन कार्यविधि २०८१ अनुसार ३ वर्षका लागि अध्यक्षमा गिरीलाईमनोनित गरेका हुन् ।

अध्यक्ष गिरी पोखरा २७ तालचोक निवासी हुन् । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य एवं विभिन्न संघ, संस्थामा आवद्ध गिरीले लामो समयदेखि पोखरामा व्यवसाय गर्दै आएका छन् ।

अस्पतालका सदस्यमा पोखरा २६ का सूर्यनाथ भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी पराजुली, वडा नं ३० का ध्रुवराज न्यौपाने, शिव न्यौपाने र लक्ष्मीप्रसाद त्रिपाठीलाई मनोनित गरेका छन् । समितिमा वडा नं. ३० का अध्यक्ष र महानगर स्वास्थ्य महाशाखा प्रमुख पदेन सदस्य एवं मेडिकल सुपरिटेन्डेन्छ सदस्य सचिव रहने व्यवस्था छ ।

कार्यविधि अनुसार पोखरा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी र महाशाखा प्रमुख भरतराज पौडेल र सदस्य सचिवमा मेडिकल सुपरिटेन्डेन्ट डा. सुमन खनिया रहेका छन् । मेयर आचार्यले शिसुवा अस्पताललाई स्तरोन्नति गरी महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रतिवद्धता गरेका छन् ।

Exit mobile version