एसियन कप छनोटः आज उज्वेकको मैदानमा ‘नेपाल भर्सेज लाओस’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै एएफसी एसियन कप छनोट २०२२ को यात्रा सुरु गर्दैछ।

उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा साँझ सवा ६ बजे सुरु हुने उक्त खेल नेपालका लागि १०० औं अन्तर्राष्ट्रिय खेल समेत हो।

यी दुई टोलीबीचको पहिलो खेलमा नेपाल लाओसलाई पराजित गर्दै एसियन कप छनोटमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

समूह एफ मा रहेको नेपालले दोस्रो खेल असार १८ गते श्रीलंकासँग खेल्नेछ। समूह चरणको अन्तिम खेल भने असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग हुनेछ।

उज्वेकिस्तानसँग भएका तीनवटै खेलमा नेपालले हार बेहोरेको छ भने श्रीलंकासँग खेलिएका आठवटै खेलमा नेपाल विजयी भएको छ।

नेपाल समूह विजेता बनेमा सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ।

हालसम्म आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन्।

Exit mobile version