पूर्वराष्ट्रपति भण्डारी पुनः सक्रिय राजनीतिमा फर्कने

पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी छिन् ।

उनले आफूले एमाले पार्टीको सदस्यता नवीकरण गरेको बताएकी छिन् । शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टीको सदस्यता नवीकरण गरेकी छु ।’

भण्डारी आगामी महाधिवेशनबाट एमालेको अध्यक्ष बन्ने तयारीका साथ सक्रिय रहेको भन्ने चर्चालाई शनिबार उनले गरेको घोषणाले बल दिएको छ ।

तर, उनले पार्टीको सदस्यसता नवीकरणमा अन्य कुनै उद्देश्य नभएको पनि बताएकी छिन् । उनले पार्टीकै सदस्यता नवीकरण गरेको बताएकाले उनी अब एमालेमा अध्यक्षमा लागि प्रतिस्पर्धा गर्ने देखिएको छ ।

Exit mobile version