पोखरा क्राइमः मोटरसाइकल चेक गर्दा भेटियो लागुऔषध, ४ समातिए

प्रहरीले पोखरा ८ सिमलचौरबाट १ हजार ५० थान लागू औषध बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा ३ जना व्यक्तिको साथबाट टपेन्टाडोल औषधि बरामद गरेको हो ।

उक्त औषधि लागुपदार्थ भएको कास्की प्रहरीले बताएको छ । उनीहरु सवार मोटरसाइकल चेकजाँच गर्दा लागु औषध भेटिएको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार ५ घर भइ पोखराको रत्नचोक बस्ने मनोज रेग्मी, पोखरा १७, घारीपाटनका राजबहादुर पौडेल र घारीपाटनकै राजेशबहादुर पौडेल र रत्नचोक बस्ने रोज कुँवर रहेका छन् ।

उनीहरुलाई लागुऔषध मुद्दामा अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Exit mobile version