गण्डकीमा ‘राइड सेयरिङ’लाई नियमन र व्यवस्थापन गरिनेछ –प्रदेश सरकार

गण्डकी प्रदेश सरकारले प्रदेश सभाको आठौं अधिवेशनमार्फत आज आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश सभाका प्रमुख डिल्लीराज भट्टद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा हाल विवादमा रहेको राइड सेयरिङलाई प्रभावकारीरुपमा नियमन र व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।

त्यस्तै, सवारीचालक अनुमतिपत्रको छपाइ तथा वितरण कार्य प्रदेशबाट सुरुवात गरिने जनाइएको छ ।

कार्यक्रममा अन्य प्रदेशमा दर्ता भई गण्डकी प्रदेशमा दर्ता, नवीकरण हुन चाहने सवारीसाधनलाई सहुलियतको व्यवस्थासमेत गरिने प्रष्ट्याइएको छ ।

Exit mobile version