अन्नपूर्ण आरोहणको ७५ वर्ष पुरा, हिरक महोत्सवमा पुगे प्रम ओली

नयाँलिपिः प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको बताएका छन् ।

अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

अन्नपूर्ण प्रथम हिमाल आरोहणले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाएको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर मौरिस हर्जोगलगायतका नेपाली पर्वतारोहीले बहादुरी प्रदर्शन गरेर हिमाल आरोहणको ढोका खोलेको उल्लेख गरे ।

प्रमले भने ‘अन्नपूर्ण हिमालको पहिलो आरोही मौरिस हर्जोगलाई हामी सधै उच्च सम्मान गर्दछौं । हर्जोगले हिमाल आरोहण गरेर फ्रान्स र नेपालबिच मित्रताको सम्बन्ध स्थापित गर्नुभयो ।’

सरकारले पर्वतारोहणलाई सुरक्षित बनाउन आधार शिविरलगायतका क्षेत्रहरुमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै मौरिस हर्जोगले आरोहण गरेको क्षेत्रमा नै अन्नपूर्ण हीरक महोत्सवको आयोजनाले पर्वतारोहण र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने जनाए ।

Exit mobile version