सशस्त्रको सहयोगमा प्रहरीले स्कर्टिङ् गर्दै गन्तव्यतर्फ पठायो १४ बस

नयाँलिपिः यातायात व्यवसायीको बन्दकाकारण अलपत्र परेको बाह्य तथा आन्तरिक पर्यटनलाई गन्तव्यमा पु¥याउन प्रहरी नै सडकमा उत्रिन परेको छ ।

आज बिहान पर्यटक बसपार्कबाट छुट्ने बसमा आन्दोलनकारीले अवरोध गरेपछि प्रहरीले स्कर्टिङ् गरी १४ यात्रुवाहक बसलाई छुटाएको छ । उक्त बसहरुलाई मार्गमा पर्ने प्रहरी कार्यालयसँग समन्वय गर्दै गन्तव्यमा पु¥याइने कास्की प्रहरीले जनाएको छ ।

सार्वजनिक यातायात बन्दपछि पोखरामा अलपत्र परेका यात्रुलाई सोमबार बिहान १० बजेदेखि पर्यटक बसलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो ।

उक्त बसहरु केही काठमाडौं र केही चितवनतर्फ लागेका छन् ।

स्कर्टिङको नेतृत्व जिप्रका कास्कीका डिएसपी हरिबहादुर बस्नेत र सशस्त्र प्रहरी बल कालिकाका प्रहरी निरीक्षक रमेश कंडेलले गरेका छन् ।

गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा आन्दोलन जारी छ ।

Exit mobile version