अमेरिकन पेस्तोलसहित आँबुखैरेनीमा समातिए मिलन र विजय

नयाँलिपिः तनहँको आँबुखैरेनीमा आज दिउँसो नवलपरासी गेडाकोटका मिलन ढकाल र चितवन माडीका विजय तिवारी समातिएका छन् ।

उनीहरु मुग्लिनबाट आँबुखैरेनी आउनेक्रममा प्रहरी चेकिङमा समातिएका हुन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले पृथ्वी राजमार्गको बेनिटारमा चेकजाँच गर्दा उनीहरुको साथबाट पेस्तोल बरामद भएको छ ।

इलाका प्रहरीका अनुसार ना २८ प १५१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट ‘मेड इन युएसए ७७७’ लेखिएको पेस्तोल बरामद भएको छ ।

मिलनले बोकेको झोलाबाट पेस्तोल बराम भएको प्रहरीले जनाएको छ । पेस्तोल, १ थान गोली र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।

Exit mobile version