काठमाण्डौं उडिरहेको जहाजमै राजुकुमारीको निधन

नयाँलिपिः मंगलबार अपरान्ह बाराको सिमरा विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको जहाजमा यात्रुको मृत्यु भएको छ।

श्रीमान जंगबहादुर चौधरीसँगै काठमाण्डौं उडिरहेकी ३९ वर्षीया राजुकुमारीको मृत्यु भएको छ । राजुकुमारी बिरामी रहेकी र उपचारार्थ काठमाण्डौं जाँदै गरेको बताइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंका अनुसार जहाजमै अचेत राजुकुमारीलाई अवतरणपश्चात् सिनामंगलस्थित काठमाण्डौं मेडिकल कलेज लगिएको थियो ।

हाल उनको शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

Exit mobile version