नयाँलिपिः पोखरा महानगरपालिकामा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ‘मेड्पा’ अन्तरगत विभिन्न सीपमूलक तालिम प्रदान गरिँदैछ ।
मेड्पा कार्यक्रम अन्तरगत पोखरा महानगरपालिकाको वडा नं. १७ बिरौटामा नयाँ उद्यमीहरूका लागि ३ महिने सिलाइकटाई र महतगौडामा १५ दिने बासको सजावटका सामाग्रीहरू बनाउने तालिम सम्पन्न भएको गरिएको छ ।
सहभागीहरूलाई वडाध्यक्ष राधिकाकुमारी शाही योगी र महानगरपालिकाका अधिकृत अनिल कार्कीले प्रमाणपत्र वितरण गरेका छन् ।
त्यस्तै, वडा नं. ३३ बाघमारामा लेडिज चप्पल बनाउने तालिम सुरु गरिएको छ । २० दिनसम्म सञ्चालन हुने तालिममा स्थानीय महिलाहरूको सहभागिता रहेको छ ।
कम आय भएका गृहिणी महिलाहरूलाई विभिन्न प्रकारका सीपमूलक तालिमहरू प्रदान गरी सञ्चालन गरिएका यस प्रकार कार्यक्रमहरू प्रभावकारी बन्दै गएको महानगरले जनाएको छ ।