नयाँलिपिः मादी गाउँपालिकाको ४४ औं कार्यपालिका बैठकले क्वहोलासोथारलाई राष्ट्रिय सम्पत्ति र विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रक्रिया थाल्ने निर्णय गरेको छ ।
सुचिकृत गर्न पालिकाले नेपाल सरकारलाई पत्रचार गर्ने निर्णय गरेको पालिका प्रवक्ता भोजबहादुर गुरुङले जानकारी दिए ।
पालिका अध्यक्ष देविजंग गुरुङले मादी २ मा अवस्थित क्वहोलासोथार गुरुङ (तमु)जातिको थातथलो एवं उद्गमस्थल भएसकाले उक्त निर्णय गर्दै सरकारलाई पत्राचार गर्ने र थप प्रक्रिया अघि बढाउने बताएका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा क्वहोला बिकास क्षेत्रको निम्ति बजेट बिनियोजित गर्ने, पुरातत्त्व तथा पुरानो भग्नावशेषहरुलाई लाई संरक्षण गर्ने, हेलिप्याड निर्माण, साइनबोर्ड र नक्शा राख्ने निर्णय भएको अध्यक्ष गुरुङले बताए ।
त्यस्तै, क्वहोलासोथारबाट च्योम्स्यो–ङारा जाने बाटो निर्माण, घोडेटो संरक्षण र पर्यटकीय पदमार्गको विकास गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए ।