पोखराको सेती नदीको पुलबाट हामफालेका एक युवकको सशस्त्र प्रहरी बलको कालिका गणले उद्धार गरेको छ ।
युवकले शुक्रबार सााँझ पृथ्वीचोकस्थित पुलबाट हामफालेको सुचनापशचात् गणबाट टोली गएर उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
थापाका अनुसार उपचारार्थ गण्डकी मेडिकल कलेज लगिएको छ । अन्दाजी २१ वर्षका उनको परिचय भने हालसम्म खुल्न सकेको छैन ।
सेती खोंचबाट उनलाई राती साढे १० बजेति सकुशल निकालिएको थियो ।
Post Views: 40