जिबीको खोजी भइरहेको छ, बाँकी भन्न मिल्दैनः गृहमन्त्री लेखक

नयाँलिपिः गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणका आरोपी जीबी राईको खोजी भइरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा विविध प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सहकारी प्रकरणका विषयमा बोल्दैराईको खोजी भइरहेको बताएका हुन् ।

पत्रकारसमक्ष गृहमन्त्री लेखकले सरकार सहकारी ठगी प्रकरणमा गम्भीर भएको बताए ।

समस्या समाधानार्थ सरकार लागिरहेको बताउँदै लेखकले भने ‘जीबी राईको खोजी भइरहेको छ । कहाँ छन्, के छन् अहिले यहीँबाट भन्न भने मिल्दैन ।’

Exit mobile version