‘बाघको कुरा गरेको, केटाकेटीहरु बुझ्दै नबुझी कमेन्ट गर्छन्’ –प्रम ओली

नयाँलिपि: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ४६ प्रतिशत जंगल भए पुग्ने बताएका छन् ।

शनिबार दोस्रो राष्ट्रिय वन सम्बर्द्धधन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले ४६ प्रतिशत वन क्षेत्र रहेको र अब त्यो भन्दा बढाउन आवश्यक नरहेको बताए । उनले नेपालले वन क्षेत्रबाट लाभ लिन सक्नुपर्ने बताए ।

साथै, उनले आफूले विगतमा एउटा कार्यक्रममा बाघको संख्याको बारेमा बोलेको कुरामा निकै टिप्पणी भएको पनि बताए ।

उनले आफूले ‘नेपालमा बाघको संख्या बढाउँदै जाने हो भने मान्छे भागे हुन्छ’ भनेकोमा केटाकेटीहरुले बुझ्दै नबुझी कमेन्ट गरेको बताए ।

प्रधानमन्त्री अ‍ोलीले फोटामा बाघ हेरेर कुरा गरेर नहु्ने बताए । उनले बाघलाई आफ्नो क्षेत्र नपुगेको खण्डमा आपसमा लडाइँको अवस्था अउने र खाना नपुगेर जे भेटायो त्यहीमाथि महला गर्ने अवस्था आउने बताए ।

प्रधानमन्त्री ओलीले आफूले विगतमा बोलेको कुरा स्मरण गराउँदै भने, ‘अस्तिनै मैले एउटा कार्यक्रममा बोलेँ– अब बाघको संख्या विस्तार हामीलाई पुग्यो । बाघको संख्या बढाउँदै जाने हो भनेदेखि मान्छे भागे हुन्छ । अब बाघको संख्या बढाउन सकिँदैन, मिल्दैन भनेको थिएँ । धेरै वटा आयो, बा तपाईँका कुरा सबै मन पर्थ्यो, यो बाघको संख्या बढाउन हुँदैन भन्या चाहीँ, बुझ्दै नबुझी कमेन्ट लेख्दिए केटाकेटीहरुले । यो बाघ भन्ने फोटोमा हेर्दा बडा गज्जबको हुन्छ । सामुन्नेमा पर्यो भने‘ ।’

Exit mobile version