साइकल र्‍यालीमार्फत लागु औषधविरुद्ध सचेतना

नयाँलिपिः जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषध नियन्त्रण महाअभियान अन्तरगत आज पोखरामा साइकल र्‍यालीमार्फत सचेतनामूलक कार्यक्रम गरेको छ ।

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा आयोजित र्‍यालीमा समन्वय समितिका अध्यक्ष भिम पराजुलीले कार्यक्रमबार प्रष्ट्याएका थिए ।

पोखरा महानगरका मेयर धनराज आचार्य, जिल्ला प्रमुख अधिकारी भरतमणि पाण्डेद्वारा उद्घाटित र्‍यालीमा फुलवारी व्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियालगायतको सहभागिता थियो ।

जिल्ला प्रहरी कार्यालय कास्की गैह्रापाटनबाट सुरु भएको र्याली नयाँबजार, पृथ्बीचोक, बिरौटाचोक, राष्टबैंकचोक, हल्लनचोक, जिरोकिमी, सभागृहचोक, न्युरोड हुँदै मानबअधिकार चोकमा पुगेर सम्पन्न भएको थियो ।

Exit mobile version