‘पिएन क्याम्पस र विद्यार्थीप्रति सम्मान छ’ – डीएसपी निरौला

नयाँलिपिः केही दिन अघि पोखरामा निजी अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले शहिदचोकमा प्रदर्शन गरेकाबेला वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी सन्तोष निरौलाले बोलेका शब्दमा पृथ्वीनारायण क्याम्पसका विद्यार्थीले आपत्ति जनाएका छन् ।

प्रदर्शनकाबेला डिएसपी निरौलाले ‘पिएन क्याम्पसमा पढेको विद्यार्थी जस्तो कुरा नगर्नुस् न !’ भनेको विषयलाई स्वतन्त्र विद्यार्थी युनियनले आपत्ति जनाएको हो ।

स्ववियु सभापति विष्णु पोखरेलले विज्ञप्तीमार्फत उक्त भनाइले क्याम्पसका विद्यार्थी, प्राध्यापक एवं कर्मचारीको गरिमामा आँच आएको बताएका छन् ।

यस विषय सार्वजनिक सञ्जालमा आएपछि डिएसपी निरौलाले ‘त्यस्तो कुत्सित मनाशयले नबोलेको’ बताएका छन् । नयाँलिपिसँग उनले भने ‘म पिएन क्याम्पस र विद्यार्थी एवं सबैप्रति सम्मान गर्छु ।’

प्रदर्शनकाबेला डाक्टरसाबहरुलाई केही संयमित र मर्यादित हुन आग्रह गरेको भन्दै उनले पिएन क्याम्पसको गरिमामाथि प्रहार गर्ने प्रहरीको ध्येय नरहेको प्रष्ट्याएका छन् ।

‘समाजलाई सकारात्मकतर्फ डो¥याउन विद्यार्थी र प्रहरी दुबैको भूमिका रहन्छ, गलत तरिकाले नबुझिदिनुहोला’ डीएसपी निरौलाले भने ।

Exit mobile version