सिन्धुपाल्चोकमा भूकम्प गयो

काठमाडौं । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शुक्रबार बिहान ११ः५३ बजे ४.१ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ ।

२०७२ वैशाख १२ गते लगभग सोही समय नै गोरखाको बारपाक केन्द्र भएर ७.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो।

Exit mobile version