कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो।
भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पछिल्लो केही समयदेखि पश्चिम नेपालमा १३ दिनमा ८ वटा पराकम्प गइरहनुको मुख्य कारण भनेको गत वर्ष जाजरकोटमा गएको भूकम्पको पराकम्प हो।
२०८० असोज १६ मा जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको एक महिनापछि सोही ठाउँ केन्द्रबिन्दु भएको ६.४ म्याग्निच्यूडको अर्को भूकम्प गयो।