‘स्वास्थ्य’को कारण देखाउँदै शिक्षामन्त्रीले दिइन् राजीनामा

नयाँलिपिः चैत २० गतेदेखि अनवरत आन्दोलनमा रहेका शिक्षकहरुको माग पुरा हुने नहुने अन्योलकाबीच शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग साँझ ५ बजे भेटेर निस्केलगत्तै शिक्षामन्त्री भट्टराईले राजीनामा दिएको विभिन्न स्रोतको दाबी छ ।

मन्त्रीका स्वकीय सचिव अशेष पोखरेलका अनुसानर उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी हुन् । यद्यपि, शिक्षकहरुको माग पुरा हुने छाँट नदेखेपछि राजीनामा दिएको स्वतः आंकलन गर्न सकिन्छ ।

Exit mobile version