पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुख व्यक्त, दिए शुभकामना

नयाँलिपिः पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाबारे पहिलोपटक प्रतिक्रिया दिएका छन् । उनले आइतबार जारी गरेको नयाँ वर्ष २०८२ को शुभकामना सन्देशमा तीनकुने घटनाको बारेमा आफ्नो धारणा व्यक्त गरेका हुन् ।

पूर्वराजा शाहले भिडियो सन्देशमा भने, “केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी र तोडफोड भएको थियो, त्यसबाट भएको मानवीय र भौतिक क्षति अत्यन्तै दुःखदायी छ।“ उनले त्यस घटनाले नेपाली समाजमा गम्भीर असर पार्ने आशंका व्यक्त गर्दै शान्ति र सद्भावको आवश्यकता औंल्याए ।

तीनकुनेमा भएको प्रदर्शन राजसंस्था पुनस्र्थापना र प्रजातन्त्रको मूल्यमान्यतामा असहमतिका कारण भएको थियो। दुर्गा प्रसाईंको नेतृत्वमा आयोजित उक्त प्रदर्शन हिंसात्मक भएको र त्यसमा दुई जनाको मृत्यु भएको थियो ।

सन्देशमा पूर्वराजा शाहले राष्ट्रको प्रगति र शान्ति कायम राख्न सबै पक्षलाई संयम र सहकार्यको पक्षमा उभिन आग्रह गर्दै, “यो घटना कुनै पनि कारणले स्वीकार्य छैन र यस प्रकारको हिंसा र रक्तपातको स्थान कुनै पनि समाजमा हुँदैन।”

तीनकुने घटनामा राजनीतिक दलका नेताहरूले पनि पूर्वराजा शाहको धारणा सोधेका थिए, र उनले यो घटनाबारे आफ्नो गहिरो दुःख व्यक्त गरेपछि राजनीतिक वृत्तमा उक्त घटनाप्रति चासो थपिएको छ ।

Exit mobile version