नयाँलिपिः चैत १५ गतेदेखि प्रहरीले भेट्टाउन नसकेका व्यवसायी दुर्गा प्रसाईँ बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियोमार्फत पुनः देखा परेका छन् ।
प्रसाईँले आफूसँग वकल र मानव अधिकारवादीको रोहवरमा कुरा गर्ने भए आफू २४ देखि ३६ घण्टाभित्र सार्वजनिक हुने घोषणा गरेका हुन् ।
‘मलाई खोज्नु पर्दैन । म आईजीपीलाई यहीँबाट भन्छु, म तपाईँलाई राम्रोसँग चिन्दछु, तपाईँ राम्रो क्याडर हो । मैले तपाईँलाई के भन्न चाहान्छु, तपाईँले यो जिम्मेवारी लिनुहुन्छ र ५र५ जना वकिल र मानव अधिकारवादी रोहबरमा तपाईँले कुरा गर्नुहुन्छ भने म यो सम्बोधन आएको २४ घण्टादेखि ३६ घण्टाभित्र सार्वजनिक हुन्छु’ उनले भनेका छन् ।
उनले तीनकुने घटनामा ज्यान गुमाएका २ जनाको परिवारलाई ५-५ लाख दिने घोषणा समेत बताएका छन् ।
चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनको कमाण्डर रहेका प्रसाईँले प्रहरीको ब्यारिकेट समेत तोडेर निषेधित क्षेत्रतर्फ अघि बढाएका थिए ।
केही दुरी पर लगेर गाडी रोकेका प्रसाईँ प्रदर्शनस्थलतर्फ फर्किएका थिए । पछि आन्दोलन हिंसात्मक बन्दै गएपछि उनी फरार भएका थिए ।