पोखरामा वायु प्रदुषणले चीनबाट जहाज आउन सकेन, पोखरेलीहरु भोली फर्कने

नयाँलिपिः तीन दिनयता पोखराको मौसम प्रतिकुल भइरहँदा आज चीनको छेन्दुबाट पोखरा आउने सिचुवान एयरलाइन्सको उडानतालिका रद्द भएको छ ।

पोखराबाट सिचुवान गएको टोली आज पोखरा फर्कने कार्यक्रम रहेपनि बिहानैदेख पोखराको आकाश धुवा र तुवालोले ढाकिएपछि सिचुवान एयसरको उडान रद्द भएको हो ।

त्यसाे त साेमबार पनि पाेखरा विमानस्थलबाट वायु प्रदुषणकै कारण कुनैपनि जहाज उड्न सकेन ।

उडान रद्द भएको आधिकारिक सूचना प्रवाह गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले चीन जानुभएका साथीहरु भोली फर्कने बताएका छन् ।

‘हाल चीन भ्रमणमा रहनुभएका सम्पूर्ण साथीहरू पर्सि फर्कनुहुने भएको हुँदा सम्बन्धित सबै परिवार तथा संघ–संस्थालाई जानकारीका लागि अनुरोध गरिन्छ’ मेयर आचार्यले भनेका छन् ।

सिचुवान एयरलाइन्सले चैत ५ गतेदेखि चीनको छेन्दुबाट पोखरामा हप्ताको एक उडान सुरु गरेको छ ।

समाचार तयार पार्दासम्म वायुमापक आइक्युएयरका अनुसार पोखरामा वायुको गुणस्तर सूचकांक १५६ देखाइएको छ । जसलाई ‘अस्वस्थ’ मानिन्छ ।

Exit mobile version