नयाँलिपिः हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय व्यावसायिक उडानकाक्रममा आज ल्हासाबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
अवतरणपछि यात्रु एवं एयरलाइन्स मेम्बरलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेगायतले भब्य स्वागत गरे ।
एयरलाइन्समा १ सय ७ यात्रु रहेका थिए । एयरलाइन्सले सातामा एक उडान गर्नेछ । यात्रुमध्ये ३२ जना चिनियाँ र ७५ जना नेपाली नागरिक थिए।
चिनियाँ पर्यटकलाई लक्षित गर्दै गरिएको यो उडानले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
चीनबाट पोखरासम्मको हवाई सम्पर्क विस्तार भएसँगै पर्यटक आगमनमा वृद्धि हुने विश्वास गरिएको छ।
पोखराबाट ल्हासाको शूल्क २२ हजार ५५ रुपैयाँ रहेको छ ।