दिपक के श्रेष्ठ: गण्डकी प्रदेश सरकारले ६ वर्ष अघि स्थापना गरेको जीयू (गण्डकी विश्वविद्यालय)मा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी गराउन आन्तरिक विज्ञापनमार्फत प्रक्रिया अघि बढाइरहेकाबेला उच्च अदालत, पोखराले तत्काललाई रोक लगाएको छ ।
आन्तरिक विज्ञापनमार्फत ७८ जनालाई स्थायी गर्ने तयारी भइरहँदा अधिवक्ता मनोज घर्तीमगरले शुक्रबार उच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उच्चले अर्को आदेश नभएसम्म विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी पदपूर्ति सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन भनेको छ ।
अधिवक्ता घर्ती मगरले प्रतिस्पर्धा विना ठुलो संख्यामा कर्मचारी स्थायी गर्न नमिल्ने भन्दै रिट दर्ता गरेका थिए ।
त्यस्तै, विश्वविद्यालयमा हाल कूलपति नियुक्तिसमेत प्रक्रियामा रहेको छ ।
