एफए कप : नटिङघम ३४ वर्षपछि सेमिफाइनलमा

पोखरा। नटिङघम फरेस्ट ३४ वर्षमा पहिलो पटक एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिङटनलाई पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै फरेस्ट सेमिफाइनल प्रवेश गरेको हो ।

यसअघि सन् १८५९ मा एफए कप जितेको फरेस्ट जित दिलाउने क्रममा म्याट सेल्जले दुई पेनाल्टी प्रहार बचाए । उनले ज्याक हिन्सेल उड र डिएगो गोमेजको प्रहार बचाएका हुन् ।

फरेस्टका लागि सुट आउटमा रेन आटेसले विजयी गोल गरे। फरेस्टले यसअघि एक्सटर र इप्सविचलाई पनि पेनाल्टी सुट आउटमा हराएको थियो । अर्को क्वार्टरफाइनलमा क्रिस्टल प्यालेसले फुलहामलाई ३० ले हराएको छ ।

Exit mobile version