जागरण अभियानमा मोटरसाइकल र्‍याली गर्दै कास्की एमाले

नयाँलिपिः राजनीतिक वृत्तमा देखिएको पछिल्लो घटनाक्रममा जागरण ल्याउन नेकपा (एमाले) कास्कीले सोमबार मोटरसाइकल ¥याली आयोजना गर्ने भएको छ ।

एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार यस ¥यालीमा कम्तीमा २ हजारभन्दा बढी मोटरसाइकल सहभागी गराउने योजना रहेको छ । ‘यस अभियानमार्फत पछिल्लो राजनीतिक गतिविधि, पार्टीको नीति, विचार र आगामी योजना जनतासमक्ष पु¥याउने लक्ष्य राखिएको छ,’ सचिव लामाले भने ।

¥याली गर्दै पोखराका विभिन्न स्थानमा पुग्ने सचिव लामाले जानकारी दिए । प्रर्दशनी केन्द्र, पृथ्वीचोक, मुस्ताङ चोक, विरौटा, राष्ट्रबैंक चोक, सहीदचोक, लेकसाइड, हल्लनचोक, जिरी किलोमिटर, सृजनाचोक, सभागृहचोक, चिप्लेटुंगा, सिद्धार्थचोक, भैरबटोल, विन्दवासिनी, ट्याक्सीचोक, पिएन गेट, नदिपुर, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक, अमरसिंह चोकलगायतका स्थानमा ¥याली परिक्रमा गर्नेछ ।

एमालेले यस अभियानलाई पार्टीको सशक्तीकरण गर्ने अवसरको रूपमा लिएको जनाएको छ । ‘पछिल्ला राजनीतिक भ्रम चिर्दै, जनतामाझ हाम्रो एजेन्डा स्पष्ट बनाउने र पार्टीको संगठनात्मक संरचना बलियो बनाउने लक्ष्य लिएका छौं,’ सचिव लामाले भने ।

यस अभियानलाई सफल बनाउन एमालेका जनवर्गीय संगठनहरू, युवा संघ, विद्यार्थी संघ, सम्पर्क कमिटीहरूलाई विशेष जिम्मेवारी तोकिएको छ ।

विशाल ¥यालीका कारण पोखराको सडक व्यवस्थापनलाई प्रभावित हुन नदिन ट्राफिक प्रहरीसँग समन्वय गर्ने योजना रहेको एमाले कास्कीले जनाएको छ ।

Exit mobile version