काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य उकालो लागेको छ। आज सुन एक हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ ।
स्थानीय बजारमा सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ ।
बुधबार सोही परिमाणको सुन एक लाख ७३ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी पनि ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।