नेपाली बजारमा ह्वात्तै घट्यो सुनको भाउ

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत कार्तिक २ गते सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा २३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला तीन हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

कार्तिक २ गते सोमबार चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

Exit mobile version