नयाँलिपिः पोखराको लेकसाइडस्थित होटलको कोठामा सीसीक्यामरा जडान गरेको पाइएपछि सञ्चालक र अर्का एकलाई वडा प्रहरी कार्यालय, बैदामले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थाहा पाएपछि बैदाम प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यो घटना ५ दिन अघिको हो ।
सोधपुछपश्चात् होटलको सञ्चालकलाई तारेखमा छाडिएको छ भने अर्का एकलाई ‘संकेत’कारुपमा हाल थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
यस विषयमा प्रहरीले थप केही बताउँन नमिल्ने भनेपनि उक्त होटल गौरीघाट क्षेत्रकै पुरानोमध्येको एक हो । पहिले भाडामा दिइएको होटल हाल धरधनीले नै सञ्चालन गरिरहेका छन् ।
नयाँलिपिको प्रारम्भिक अध्ययनमा होटलका कर्मचारीले गेस्टरुममा सीसी क्यामरा जडान गरेको हुनसक्ने अनुमान छ ।