पोखरा । पोखरामा चैत १६ गतेदेखि राष्ट्रिय भेट्रान ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
लायन्स क्लव अफ पोखरा अन्नपुर्ण को आयोजनामा चैत १६ र १७ गते प्रतियोगिता हुने आयोजकले मंगलबार पोखरा रङशाला स्थित ब्याडमिन्टन हलमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
२ दिने प्रतियोगितामा मेन्स ४५ प्लस डबल्स, मेन्स ५५ प्लस डबल्स, वोमेन्स डबल्स गरि ३ विधामा खेलहरु खेलाईने प्रचार प्रसार संयोजक दुधमान गुरुङले बताए ।
मेन्स ४५ प्लस डबल्सको प्रथम,द्दितिय र तृतियलाई क्रमश: नगद ५० हजार, ३० हजार र १५ हजार रुपैया, मेडल, प्रमाणपत्र, मेन्स ५५ प्लस डबल्सको प्रथम, द्दितिय र तृतियलाई क्रमश: नगद ४० हजार, २५ हजार र १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।
यसैगरि वुमन्स डबल्स प्रथम, द्दितिय, तृतियलाई नगद २० हजार, १५ हजार र ८ हजारसहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
‘हामी सेवा गर्छौ ‘भन्ने मुल नाराका साथ लायन्स क्लब अफ पोखरा अन्नपुर्णले विगत १९ वर्षदेखि अन्तर लायन्स ब्याट्मिन्टन प्रतियोगिता गर्दै आएकोमा गएको वर्ष देखि र राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता गर्दै आएको हो ।