कुलमानलाई चुनाव लड्न हौस्याउँदै महावीर पुन

नयाँलिपिः राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कुलमान घिसिङलाई चुनाव लड्न हौस्याएका छन् ।

सरकारले उनको कार्यशैलीलाई शून्य अंक दिएकोमा रोष प्रकट गर्दै पुनले ‘उक्त मन्त्रीलाई उनकै क्षेत्रबाट चुनाव लडेर गुल्ट्याइदिन’ भनेका छन् ।

पुनले सामाजक सञ्जालमा लेखेका छन्ः

‘कुलमान घिसीङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले -९९ अर्थात (माइनस ९९) नम्बर दिन्छु। त्यसता बिबेकहिन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउँछन। अनी आफुलाई दुख दिने मन्त्रीकै क्षेत्र बाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु।’

Exit mobile version