संगिनी सुई बन्द, अब, आयो भने २ सय भएर आउने


सुरज श्रेष्ठ

पोखरा । नेपालका महिलाहरुले परिवार स्वास्थ्य योजनाका अस्थायी साधनकोे रुपमा प्रयोग गर्दे आईरहेको संगिनी सुईको आयात सात आठ महिना देखि बन्द भएको छ । बजारमा भएको स्टकले केहि महिना थेगे पनि अहिले बजारमा संगिनी सुईको अभाव भएको छ ।

जसको कारणले नेपालमा संगिनी सूईको प्रयोग गर्दे आईरहेको नयाँ तथा पुराना प्रयोगकर्ता प्रभावित भएका छन ।

संगिनी सुई नेपालमा महिलाहरुले प्रयोग गर्दे आईरहेको अस्थायी साधनहरु मध्य निकै रुचाईएको साधन हो । एक पटक लगाए पछि ३ महिना ढुक्क हुने हुनाले पनि यो अस्थायी साधनको प्रयोगकर्ता धेरै रहेका छन ।

गण्डकी प्रदेशमा मात्र वार्षिक ५२ हजारको हाराहारीमा संगिनी सुई खपत हुदै आईरहेको छ ।

संगिनी सुई लगायतका परिवार स्वास्थ्य योजनाका अस्थायी साधनहरु नेपालमा युएसआईडीले अनुदानको रुपमा दिदै आएकामा अहिले

युएसआडीले सहयोग रोक लगाए पछि संगिनी सूई लगायतका परिवार स्वास्थ्य योजनाका अस्थायी साधनहरुको आयातमा समस्या भएको हो ।

यूएसआईडीले अनुदानको रुपमा दिदै आएको संगिनी सुई लगायतको परिवार स्वास्थ्य योजनाको नेपालमा आधिकारिक वितरण नेपाल सि आर एस कम्पनीले गर्दे आईरहेको छ ।

वि.सं २०३५ साल देखि वितरणको जिम्मा पाएको नेपाल सि आर एस कम्पनीले ७७ वटै जिल्लामा यी अस्थायी साधन उपलब्ध गराउदै आईरहेको छ ।

कम्पनी प्रतिनिधिको भनाई अनुसार संगिनी सुई यातयात खर्च मात्र जोडेर बजारमा ८० रुपैयाँमा वितरण गर्दे आईरहेको थियो ।

अनुदान आएको अस्थायी साधन भएको कारणले कम मूल्यमा सुई उपलब्ध गराउदै आएकोमा, अब, कम्पनीले खरिद गरेर ल्याउने भएको कारण सुईको मूल्य २ सय वा सो भन्दा बढि पर्न सक्ने बताईएको छ ।

बंगलादेशमा संगिनी सुई उत्पादनको लागि तयारी गर्दे गरेको जनाउदै नेपाल सि आर एस कम्पनी गण्डकी प्रदेशका फिल्ड अफिसर विजय सापकोटाले अब सुईको मुल्य २ सय जति पर्ने बताएका हुन । तर, पहिलाकै जस्तो अनुदानमा आए मुल्य नबढ्ने सापकोटाले बताए ।

‘सबै प्रकृया पुर्याएर ल्यादाँ नेपाली बजारमा संगिनी सुई आउनको लागि कम्तिमा पनि दुई तिन महिना लाग्न सक्छ ।’ सापकोटाले भने ।

Exit mobile version