पोखरा । पोखरामा खेलाडीको मोवाइल चोरी गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा रंगशालामा फुटसल खेल्नका लागि चेन्जीङ कक्षमा कपडा चेन्ज गरी राखेको अवस्थामा चेन्जिङरुमबाट आइफोन र नगद हराएको भन्ने सुचनाको आधारमा प्रेम गुुरुङलाई प्रकाउ गरि खोजतलास गर्दा उनी प्रकाउ परेका हुन ।
२३ वर्षीय गुरुङ स्याङजा बिरुवा आरुखर्कका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनको साथ र घर कोठाबाट १५ वटा मोवाईल ४ वटा चार्जर र २ वटा ड्रोन क्यामेरा बरामद गरेको प्रहरीले जनाएको छ ।
उनलाई चोरी तथा डाँका संबन्धि मुद्धामा ७ दिन म्याद थप गरि अनुसन्धान प्रकृया अधि बढाईएको छ ।