नयाँलिपिः पोखराबाट नेपाली रजतपटमा छाएका अभिनेता राजवल्लभ कोइराला कविको अवतारमा पनि देखिएका छन् ।
चलचित्र एक्टरको प्र्रदर्शनका दौरान नेपाल आएकाबेला कोइरालाले कविता संग्रह ‘औरा’ विमोचन गर्न भ्याएका छन् ।
हालै काठमाण्डौंको ¥याडिसन होटलमा आयोजित कार्यक्रममा कोइरालासँगै कवि विप्लव प्रतीक, लेखक तथा पत्रकार अश्विनी कोइराला, पत्रकार दिलभूषण पाठक र कलाकार तथा निर्देशक दीपाश्री निरौलाले संयुक्तरुपमा कृति विमोचन गरेका छन् ।
उक्त अवसरमा कवि प्रतीकले औराको प्रशंसा गर्दै आगामी दिनमा थप कृतिको अपेक्षा गरेको बताए ।
विमोचनपछि कोइरालाले आफु कलाकार र कविको रुपमा बाँचेको भन्दै धेरै लामो समयदेखि लेखेको र बेलाबखत फेसबुकमा सार्वजनिक गर्दै आएको रचनालाई कवितामा ढालेका बताए ।
कविता संग्रहलाई शब्द मिडिया प्रालिले प्रकाशन गरेको हो ।