एपीएफमाथि मच्छिन्द्र हावी, क्वार्टरफाइनलमा प्रवेश

नयाँलिपिः पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको दोस्रो दिन विभागीय टिम एपीएफ फुटबल क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको प्रि–क्वाटरफाइनल खेलमा मछिन्द्रले २–० ले एपीएफलाई पराजित गरेको हो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका आदित्य शाक्यले खेलको ७४ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । आयुष ग्लानको पासलाई उनले उत्कृष्ट फिनिसिङ दिएका थिए ।

खेलको ८१ औं मिनेटमा स्टेफेन कामाहाले हेडर गोलमार्फत अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे । दीपेन्द्र तामाङको पासलाई उनले जाली चुमाएका थिए । क्यामरुनका खेलाडी स्टेफेन खेलमा प्लेयर अफ द म्याच घोषित भए ।

Exit mobile version