मोडिफाइ ४७ बाइक प्रहरी नियन्त्रणमा, बुलेट धेरै

नयाँलिपिः जिल्ला प्रहरी कार्यालय कास्कीले मोडिफाइ (स्वरुप परिवर्तन) गरिएका ४७ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

मोडिफाइ मोटरसाइकलले अत्यधिक ध्वनी प्रदुषण गरेको भन्दै नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । नियन्त्रणपश्चात् मोटरसाइकललाई पुरानै स्वरुपमा ल्याउनुपर्ने र चालकलाई जरिवानासहित कारवाही गरिने प्रहरीले बताएको छ ।

मोडिफाइ गरिएका मोटरसाइकलमा रोयल इनिफिल्डको बुलेटको संख्या बढी छ । अन्यमा क्रसफायर रहेका छन् ।

कास्की प्रहरीले यसअघि पनि मोडिफाइ मोटरसाइकल नियन्त्रणमा लिइ कारवाही गरिरहेको छ ।

यसैबीच, प्रहरीले मोडिफाइ गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकल देखे, भेटे १०० र १०३ मा फोन गरी सूचना दिन अपीलसमेत गरेको छ ।

Scroll to Top