पोखरामा देउवाः कांग्रेसलाई एक ढिक्का हुन निर्देशन

नयाँलिपिः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा आएर कार्यकर्तालाई गूट, उपगूटमा नलागि एक ढिक्का भई अघि बढ्न निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस पोखरा महानगर समितिको तेस्रो महानगर सम्मेलनमा प्रमुख अतिथिकारुपमा सम्बोधन गर्दै सभपति देउवाले कांग्रेस जिम्मेवार पार्टी भएकाले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र मानव अधिकारका लागि सधैँ अग्रपंक्तिमा उभिनसमेत जरुरी भएको बताए ।


‘पार्टीलाई अझ एक ढिक्का बनाएर अगाडि बढ्नुहोस्’ देउवाले भने ‘पार्टीमा कहिले जित त कहिले हार हुन्छ, यसलाई सहजरुपमा लिएर सदैव अघि बढ्नुपर्छ ।’

नेपाली कांग्रेस नगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, गुरु बराल, अब्दुल सतार, शारदा पौडेल, नैन सिंह महर, नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्व सभापति यज्ञबहादुर थापा, कृष्ण केसी, प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापालगायतको सहभागिता थियो ।

Scroll to Top