नयाँलिपिः पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
आज भएको फाइनलमा पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटले जितेर उपाधि चुमेको हो ।
पुलिसले पहिलो सेट २५–२३, दोस्रो २५–२१ र चौथो सेट २५–२२ ले जितेर उपाधि जितेको हो ।
तेस्राे सेट भने २५-२० ले गण्डकीले जित्न सफल भएकाे थियाे ।
विजेता हुँदै पुलिसले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता गण्डकीले २ लाख ८५ हजार ५ सय ५५ रुपेयाँ हात पारेको छ ।
पुलिसले पहिलो पटक टाइगर कप जितेको हो ।







