नयाँलिपिः गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पत्रकारलाई बोलाएर १ सय दिनको प्रगति सुनाएका छन् ।
यसबीच मन्त्री पौडेलले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति र अरु क्षति गरी १ करोड १० लाख रुपैयाँ विरतण गरिसकिएको छ । जंगली जनावरको आक्रमणबाट मृत्यु भएको, सख्त घाइते भएका र पशुधनबाट क्षति पुगेकाहरुलाई राहत उपलब्ध गराइएको उनले बताए ।
मन्त्रालयका अनुसार तनहुँ र नवलपुरमा जंगली जनावरको आक्रमणमा परी ज्यान गुमाएका २ जनाका परिवारलाई १०र१० लाख रुपैयाँ उपलब्ध गराइएको छ । राहत रकम सबैभन्दा बढी ३३ लाख ९० हजार ५ सय रुपैयाँ रकम गोरखामा वितरण गरिएको छ ।
मन्त्रालयबाट तनहुँमा १७ लाख ६५ हजार २ सय रुपैयाँ, पर्वतमा १४ लाख ८७ हजार ५ सय, नवलपुरमा १४ लाख ५४ हजार ५ सय रुपैयाँ राहत गएको छ ।
सबैभन्दा थोरै बागलुङमा १ लाख ८२ हजार त्यसपछि म्याग्दीमा २ लाख ८६ हजार रुपैयाँ राहत उपलब्ध गराइएको हो । लमजुङमा १० लाख, कास्कीमा ६ लाख, स्याङ्जामा ७ लाख राहत वितरण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मनाङ र मुस्ताङसहित एक्याप र एमक्याप भएका स्थानमा विविध कारण ढिलाइ भएको मन्त्री पौडेलले बताए ।
मन्त्रालयले केही कार्ययोजना स्वीकृतदेखि ढलापडा रुख संकलनसम्बन्धी निर्णय, वन्यजन्तु उद्दार तथा व्यवस्थापन केन्द्र सञ्चालन कार्यविधि २०८१ को मस्यौदा तयार, वन नियमावली २०८१ मा संशोधन प्रस्ताव गरिएको छ । वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिका २०८१ मस्यौदा तयार र प्रादेशिक जलवायु
मन्त्रालयले चालु आर्थिक वर्षमा ३ लाख ४७ हजार ५ सय ६६ क्यु फिट काठ र ३ सय ४७ दशमलव ८१ चट्टा दाउरा उत्पादन गरेको छ । विभिन्न सामुदायिक वनबाट ५७ हजार ९१ क्यु फिट काठ र ४९ चट्टा दाउरा बिक्री गरिएको उनले सुनाए । वन पैदावर विक्री, जडिबुटी संकलन र अन्य आम्दानीबाट ६ करोड ९९ लाख ९१ हजार राजस्व संकलन गरिएको उनले बताए ।
वन्यजन्तु संरक्षणतर्फ १ सय २४ को जिवित र २५ मृत गरी १ सय ४९ वन्यजन्तु उद्धार गरिएको छ । २ लाख १० हजार विभिन्न जातका विरुवा पनि उत्पादन गरिरहेको छ । यस्तै, १६ हजार सतुवा र १ हजार दाँते ओखरका बिरुवा रोपिएको मन्त्री पौडेलले सुनाए ।