सुप्रिम सहकारी ठगीः अदालत पुगे रवि, आजै फैसला आउने

नयाँलिपिः रास्वपा सभापति रवि लामिछाने आज तेस्रो दिन रुपन्देहही जिल्ला अदालतमा पुगेका छन् । लामिछानेको थुनछेक बहस आज पनि जारी छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए ।

यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीले बहस गरेका थिए । अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले थुनछेक लम्बिएको अदालतले जनाएको छ ।

जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आजै आदेश आउन सक्ने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

Exit mobile version