औद्योगिक व्यापार मेलाः आज प्रजापति र शिवहरिको प्रस्तुती

नयाँलिपिः पोखरा उद्योग वाणिज्य संघले क्यान कास्की तथा नेपाल मोवाइल बितरक संघसँगको सहयकार्यमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ समेत मेलामै समाहित गरेपछि मेला सूचना प्रविधिबारे जानकारी लिने तथा आवश्यक सामग्री खरिद गर्ने थलो बनेको छ ।

नेपाल मोवाइल बितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठले मोवाइल एक्पोमार्फत् मोवाइल तथा एसोसरिजहरुमा ५० प्रतिशतसम्म छुट दिइएको छ । किस्ताबन्दीमा मोवाइल खरिदको सुविधासमेत रहेको उनले बताए । मेलाको प्रवेश टिकटबाट हरेक दिन गोलाप्रथा गरी ५ जनालाई मोवाइल नै उपहार दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

आयोजक संस्था पोखरा उद्योग वािणज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलाको तेस्रो दिन १८ हजार जनाले मेलाको अवलोकन गरेका छन् ।
‘हामीले मेलालाई उद्यमशिलता सिकाउने,नयाँ प्रविधिबारे जानकारी पस्कने थलो बनाउने लक्ष्य लिएका छौँ । औद्योगिक क्षेत्र उद्योग संघसँगको सहकार्यमा यहाँ उद्योगहरुका उत्पादन राखिएका छन् ।

सातवटै प्रदेशको हस्तकला तथा महिला उद्यमीका उत्पादनहरु पनि प्रदर्शनीमा छन् । जडीबुटीदेखि कृषिजन्य उत्पादन, पुष्प प्रदर्शनी पनि मेलाको अर्को विशेषता हो,’अध्यक्ष कार्कीले भने,‘पोखरासहित सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने तथा व्यवसाय बिस्तारको संभावनाको खोजीका लागि नै मेला आयोजना गरिएको हो ।’

उनका अनुसार सिएसआइटी एसोसियसनसँगको सहकार्यमा मेलामा आइटीसम्बन्धी खेल तथा प्रतियोगिताहरु पनि राखिएका छन् ।

मेलाका सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरका अनुसार शनिबार श्रीकृष्ण बम मल्ल,पार्वती गुरुङ,सरस्वती लामिछाने,सन्तोष सुुवेदी, मञ्जु पौडेललगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो भने आइतबार वरिष्ठ लोकगायक प्रजापति पराजुलीसहित इन्द्रा गुरुङ,कमला सुनार,शिवहरि ढुंगाना,राजन कार्कीलगायतको प्रस्तुति रहने छ ।

Exit mobile version