प्रधानमन्त्रीको घाँटीमा समस्या भएपछि निर्धारित कार्यक्रम रद्द

नयाँलिपिः प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा समस्या देखिएको छ ।

प्रधानमन्त्री ओली एक जन्मदिनमा सरिक रहदाँ उक्त अवसरमा खाएको खाना र राती अबेर बसाईका कारण उनको घाँटीमा समस्या देखिएको हो ।

बुधबार बिहान देखि प्रधानमन्त्री ओलीको घाँटी बसेर बोल्न नसक्ने अवस्था सिर्जना भएको बताइएको छ । त्यसैकारण उनी बुधबार सशस्त्र प्रहरीको २४ औं स्थापना दिवसमा सहभागी हुन सकेका थिएनन् ।

यस्तै, आजको निर्धारित प्रधानमन्त्री ओलीका सबै कार्यक्रम रद्द गरिएका छन् ।

Exit mobile version