लेखनाथ । जारी लेखनाथ महोत्सव १२ औं दिनसम्म आईपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ ।
महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ भने ७ करोड ९५ लाखको कारोबार गर्न सफल भएको छ ।
महोत्सवको सोमबार मात्रै २५ हजार दर्शकले अवलोकन गरेको र १ करोड बराबरको कारोबार गर्न सफल भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिएकी छन ।
महोत्सव समापनको अघिल्लो दिन किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएका र महोत्सव सोचे भन्दा बढी सफल रहेको आयोजकको दावी छ ।
महोत्सव मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले औपचारिक समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।