पोखरा महोत्सव : दर्शकको भीड बढ्दै

पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड बढ्दै गएको छ । महोत्सवमा राखिएको जाडो मौसमको कपडाको स्टल, घरायसी सामाग्रीको स्टल, ताजा तरकारीको स्टलमा दर्शकहरुको भीड लागेको हो ।

महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहारी गायक शान्ति श्री परियार, चालेन्द्र पौडेल, पार्वती जिसी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, निश्चल थापा मगर, पुजा गुरुङ, गंगा पौडेल, आयुषजंग कार्कीको प्रस्तुती संगै गांगा पौडेल र पोखरेली माग्नेबुढा र धुर्मुसको हाँंस्य ब्यङ्ग्य प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा युवाहरु मार्फत लोकप्रिय ¥यापर लाहुरेको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको टिकट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा महोत्सवमा माघ १ गते मंगलबारबाट आयोजना हुने भनिएको विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता माघ २ गते देखि शुरु हुने भएको छ ।

Exit mobile version