कालिका मावि पुर्काेटले मनायो ७० औं वार्षिकोत्सव

नयाँलिपिः तनहुँको पुर्काेटस्थित कालिका माविले स्थापनाको ७० औं वार्षिकोत्सव मनाएको छ ।

पृथ्वी जयन्तीको अवसरमा आयोजित वार्षिकोत्सवमा प्रमुख अतिथि भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले जिल्लामा शिक्षाको ज्योती फैलाउन कालिका विद्यालयको अतुलनीय योगदान रहेको बताए ।

‘कालिका मावि विद्यालयमात्र नभएर जिल्लामै शैक्षिक जागरण ल्याउने दियो हो’ प्रमुख त्रिपाठीले भने ‘आज तनहुँ जसरी चिनिएको छ त्यसमा कालिका माविलाई भुल्न सकिँदैन ।’

वार्षिकोत्सवको अवसरमा अक्षयकोषदाताहरुलाई सम्मान गरिनुकासाथै उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको प्रधानाध्यापक नारायणप्रसाद घिमिरेले जनाए । सोही अवसरमा घिमिरेले विद्यालयको शैक्षिक प्रतिवेदन एवं आयव्यय प्रस्तुत गरेका छन् ।

विद्यालयले सटर भाडामा लगाएर स्थायी आय गरिरहेको छ भने २५ प्रकारका अक्षयकोषको ब्याजले थप सहयोग पुगेको छ । जसबाट ५० प्रतिशत विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् ।

वार्षिकोत्सव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा छिमेकी विद्यालयका प्रअ, शिक्षक, अभिभावक तथा शिक्षाविद्हरुको सहभागिता रहेको थियो ।

Exit mobile version