साउदी प्रो लिग :अल नासर विजयी,रोनाल्डोको ९१७ औं गोल

नयाँलिपी ।  साउदी प्रो लिग अन्तर्गत बिहिबार भएको खेलमा अल नासर विजयी भएको छ ।
गएराती सम्पन्न खेलमा अल अख्डोउडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । १–० गोलले पछि परेको अल नासरले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

अल नासरको जितमा साडियो मानेले २ गोल गरे भने एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । रोनाल्डोको यो क्यारियरको ९१७औ गोल हो । अख्डोउडका लागि साभीओउर गडविनले एक गोल गरे । जुन जितको लागि प्रयाप्त भएन ।

यो जितपछि अल नासरको १४ खेलमा २८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै अल अख्डोउडको भने १४ खेलमा १२ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।एजेन्सी

Exit mobile version